शुक्रबार, बैशाख २१, २०८१

आज बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईदैँ

 काठमाडौं बैशाख ६,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज र भोलि खुवाउने कार्यक्रम सञ्चालन गर्दैछ ।

मन्त्रालयले आज ६ महिनादेखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ महिनादेखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने जनाएको छ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत आज छुटेकालाई भोलि आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।