बिहिबार, बैशाख २०, २०८१

देश बिकासका लागि स्मार्ट गाउँको अबधारणा आवश्यक :मन्त्री श्रेष्ठ

काठमाडौं बैशाख ६,
भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री रन्जिता श्रेष्ठले देश बिकासमा लागि स्मार्ट गाउँको अबधारणा अघि बढाउनु पर्ने बताएकी छिन् ।  मंगलबार संसदमा बोल्दै मन्त्री श्रेष्ठले नेपालका अधिकांस गाउँहरुमा अझै पनि आम जनताले चाहेअनुसारको बिकास नभएकोमा चिन्ता व्यक्त गर्दै यस्तो अभिव्यक्ति दिनुभएको हो ।

त्यस्तै उहाँले भूमि विहिन लाखौँ जनता गरिवीको समस्यालाइ सम्बोधनसंगै ‘देश बनाउने हो भने शहर भन्दा पहिले गाउँ बनाउनुपर्छ । स्मार्ट शहर हैन्, स्मार्ट गाउँको अबधारणा अघि सार्नुपर्ने बताउनुभयो ।

साथै उहाँँले जमिन नजोत्ने ओगटेर मात्रै बस्ने, राजमार्गहरुमा चार तल्ले विल्डिङ ठोक्ने, एैलानी जमिन ओगटेर बस्नेको जमिन राज्यले फिर्ता लिनुपर्छ भन्दै जमिनको उपयोग भन्दा बढि जग्गा ओगटेर बसेका छन् त्यो राज्यलाई फिर्ता गर्दै उत्पादन मुलक क्षेत्रमा काम गर्नेहरुलाई न्यायोचितरुपमा वितरण गरिनुपर्नेमा जोड दिदै भूमिहिनहरुलाई तत्काल जमिन उपलब्ध गराउन आवश्यक कार्यबिधि तयार गरेर अघि बढ्ने क्रममा रहेको बताइन ।

त्यस्तै सहकारी मार्फत जनता ठगिएको गुनासोको सम्बोधनका लागि विज्ञसहितको बिस्तृत अध्ययन टोली गठन गर्ने मन्त्रालयको तयारी रहेको समेत बताईन् ।