आइतवार, बैशाख २३, २०८१

देशभर कोभिड संक्रमितको संख्या बढ्दो , ११ जनाको आईसीयूमा र चारजनाको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं वैशाख ३,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको कोभिड संक्रमण विवरणअनुसार एक हजार ६०४ नमुना परीक्षण गर्दा ९९ जनामा कोभिड संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।

त्यस्तै मन्त्रालयले ३३६ पीसीआर परीक्षण गर्दा ५० जनामा र एक हजार २४० एन्टिजेन परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि जानकारी संगै देशभर सक्रिय संक्रमितको संख्या ३७७ रहेको जनाएको छ ।

त्यस्तै संक्रमित मध्ये काठमाडौं उपत्यकामा संस्थागत आईसोलेसनमा ३७ जना, आईसीयूमा ११ जना र चारजनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।