आइतवार, बैशाख २३, २०८१

नव नियुक्त परराष्ट्रमन्त्री साउदको सपथ

 काठमाडौं वैशाख ३,
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आइतबार दिउँसो राष्ट्रपति कार्यालयमा राष्ट्रपति समक्ष नव नियुक्त परराष्ट्रमन्त्री साउदले शपथ ग्रहण गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सांसद साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो।

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादीबाट चन्दा चपाईलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको राज्यमन्त्री पदमा नियुक्त गर्नुभएको छ । उहाँले आइतबार राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री प्रचण्डसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।