आइतवार, बैशाख २३, २०८१

बाघदरबार र सिंहदरबारबीच बढ्दो दुरी थप पेचिलो बन्दै ,अझै उठेन सिंहदरबारको फोहोर

काठमाडौं वैशाख ३,
पछिल्लो समय बाघदरबार र सिंहदरबारबीच  बढ्दो दुरी दिनानुदिन झन फराकिलो बन्दै गएको छ ।

काठमाडौं महानगरका प्रमुख वालेन्द्र साहले देश विकेन्द्रीकरणको उच्चतम् लोकतान्त्रिक व्यवस्था मानिने संघीयतामा छ तर न्याय माग्न, पासपोर्ट बनाउन, सरकारी कामकाजका लागि, उपचार र शिक्षाका लागि पनि काठमाडौँ आइरहनु पर्ने अवस्था छ, त्यो नहोस् । यसैका लागि असमन्वयकारी भुमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भन्दै सिंहदरबारदेखि महत्वपूर्ण सरकारी कार्यालय र भिआईपीहरुको निवासको फोहोर नउठाउने निर्णय गरेको लामो समय व्यतित भइसक्दा पनि प्रस्तुत समस्याले निकास पाउँन सकेको र्छन ।

त्यसो त संघीय सरकारकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले महानगरपालिकाको प्रमुखले भनेको विषय सम्बोधन भएन भन्दै जनताको स्वास्थ्यमाथि खेलबाड गर्न नपाइने र विधान, कानून र स्थानीय सरकार सञ्चालन ऐन बुझेर काम गर्न र जनस्वास्थ्यमाथि खेलबाड नर्गन भनेयता समस्था झन पेचिलो बनेको महानगर सम्वद्ध स्रोतको भनाइ रहेको छ।

बाघदरबार र सिंहदरबारबीच चलेको जुहारीका कारण सिंहदरबारदेखि महत्वपूर्ण सरकारी कार्यालय र भिआईपीहरुको निवासमा फोहोर नउठाउने निर्णय गरेसंगै राष्ट्रपति कार्यालय, सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, प्रतिनिधि सभाका सभामुखको निवास, राष्ट्रिय सभा अध्यक्षको निवास, प्रधानन्यायाधीश निवासमा दिनानुदिन फोहोरको डंगुर थुप्रिने क्रम बढ्दो रहेको छ।

 यता महानगर प्रमुख साहले फाहोर नउठाउन र फोहर उठाए लाइसेन्स खारेज गर्ने भन्दै जारी गरेको मौखिक उर्दीका कारण फोहर उठाउने  कम्पनी चुपचाप रहेका छन । साथै महानगरका प्रवक्ता नवीन मानन्धरले यसविषयमा सरकारले  गहन चिन्तन नगरेसम्म सिंहदरबारको फोहोर नउठ्ने जनाउ दिएका छन ।