शनिबार, बैशाख २२, २०८१

बढ्दो कोभिड संक्रमितको रफ्तार ,१२ जनाको ICU र ३ जनाका भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं चैत्र ३०,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पछिल्लो हेहि समय यता कोभिड संक्रमितको सख्या दिनानुदिन बढ्दो रहेको जनाएको छ। मन्त्रालयले आज सार्वजनिक गरेको कोभिड संक्रमितको डेटा अनुसार  ५४१ पीसीआर परीक्षणबाट ६४ तथा ९४७ एन्टिजेन परीक्षणबाट ४२ गरि कुल १०६ जनामा संक्रमण देखिएको जनाएको छ ।

 त्यस्तै मन्त्रालयले आज संक्रिय संक्रमित मध्ये ७४ जना संक्रमणमुक्त भएको जनाउँदै हाल पीसीआर परीक्षणबाट संक्रमित पुष्टि भएका सक्रिय संक्रमितको संख्या ४३५ रहेको जानकारी दिएको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा पनि पछिल्लो समय संक्रमणका कारण  अस्पतालमा भर्ना हुने संक्रमित समेतको रफ्तार निकै बढेको जानकारी संगै १२ जना संक्रमितको आईसीयूमा तथा ३ जना भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ ।