शनिबार, बैशाख २२, २०८१

बाघदरबार र सिंहदरबारवीच बढ्दो दुरी ,बालेनले भने -सिंहदरबार अरु पालिकामा सार्नुस्

काठमाडौं चैत्र ३०,
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहले काठमाडौंका हितमा काम गर्न सरकारलाई आग्रह गरेका छन् । यदि काठमाडौंको हितमा काम गर्न नसक्ने भए सिंहदरबार अरु पालिकामा सार्न समेत सरकारलाई सुझाव दिएका छन् ।

आफ्नो सामाजिक सञ्जालमा आफूहरुका लागि राजनीति भन्दा पनि सम्पदा, संकृती , कला, सभ्यता महत्वपूर्ण भएको भन्दै महानगर प्रमुख साहले  ‘कि काठमाडौंको हितमा काम गर्नुहोस, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस भन्दै काठमाडौं बासीलाई सिंहदरबार र राजधानी सार्दा कुनै आपत्ति नहुनेसमेत लेखेका छन ।

उनले लेखेका छन ‘हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस । हामीलाई हाम्रो सम्पदा, संकृती , कला, सभ्यता चाहिन्छ , राजनिती हैन।

काठमाडौं महानगरले सिंहदरबारदेखि महत्वपूर्ण सरकारी कार्यालय र भिआईपीहरुको निवासमा फोहोर नउठाउने निर्णय गरेसंगै पछिल्लो समय बाघदरबार र सिंहदरबारबीच  दूरी बढ्दै आएको छ ।जसले गर्दा राष्ट्रपति कार्यालय, सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, प्रतिनिधि सभाका सभामुखको निवास, राष्ट्रिय सभा अध्यक्षको निवास, प्रधानन्यायाधीश निवासमा दिनानुदिन फोहोरको डंगुर थुप्रिएको छ।