शुक्रबार, बैशाख २१, २०८१

रास्वपाका सासंद श्रेष्ठको पार्टी सदस्यता र सांसद पद खारेज, बिन्दवासिनीलाई सांसद बनाउने निर्णय

काठमाडौं चैत २९ ,
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा सदस्य ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरेको छ।

बुधबार साँझ पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई पार्टी साधारण सदस्य नरहने गरी कारबाही गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टी सभापति रवि लामिछानेले जानकारी दिनुभयो।

त्यस्तै सभापति लामिछानेले पार्टीको अनुशासन तथा आचरण समितिको सिफारिस एवं विधान विपरीत काम गरेका कारण निजलाइ कारबाही गरेर  श्रेष्ठको ठाउँमा बिन्दवासिनी कंशाकारलाई सांसद बनाउने निर्णय भएको जानकारी दिनुभएको हो।