शुक्रबार, बैशाख २१, २०८१

पार्टीलाई उपनिर्वाचनमा हराउन इडिटिङ अडियो सार्वजनिक भएको सासंद श्रेष्ठको दावी

काठमाडौं चैत २९ ,
रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले जनवरीमा भएको कुराकानी अहिले ल्याएर रास्वपाविरुद्ध षड्यन्त्र भएको बताएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्नका लागि साढे दुई करोड मागेका श्रेष्ठले पत्रकारहरुसँग कुरा गर्दै आसन्न उपनिर्वाचन लक्षित हुँदै पार्टीलाई चुनावमा हराउने षड्यन्त्रका साथ प्रस्तुत अडियो बाहिर ल्याइएको दावी गरेका छन ।

त्यस्तै सासंद श्रेष्ठले पत्रकार सम्मेलनमा सार्वजनिक अडियोमा सत्यता नरहेको र इडिटिङ गरेर बनाएको दाबी गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्नका लागि साढे दुई करोड मागेका श्रेष्ठले पत्रकारहरुसँग कुरा गर्दै पार्टीलाई चुनावमा हराउने षड्यन्त्रका साथ अडियो बाहिर ल्याइए अडियो विरुद्ध न्यायालय गएर सम्पूर्ण कुराहरु गरेर क्लिन चिट लिएर   आउने बताए ।

 

 

 

आफूले बोलेको कुरा नै परस्पर विरोधी धारणा राखेका श्रेष्ठले अडियो भने आफ्नो नभएको दाबी गरेका थिए । उनले पार्टीका तर्फबाट गरिएको निलम्बनको भने स्वागत गरेको बताए ।