शुक्रबार, बैशाख २१, २०८१

एक सय २१ जनामा कोभिड सङ्क्रमणसंगै थप एक जनाको मृत्यु

काठमाडौं चैत २९ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वितेको २४ घण्टामा कोभिड संक्रमणका कारण आज पनि थप एक जनाको निधन भएको जनाएको छ ।

यस्तै मन्त्रालयले आज दुई हजार तीन सय ७७ जनाको कोभिड परीक्षणको क्रममा एक सय २१ जनामा सङ्क्रमण पुष्टि भएको जनाउँदै पछिल्लो समय चार सय ४५ जना सक्रिय सङ्क्रमितको पहिचान भएको जनाएको छ।

साथै काठमाडौँ उपत्यकामा २५ जना आइसोलेसन, ११ जना सघन उपचार कक्ष [आइसियु] र तीन जना भेन्टिलेटरमा उपचारत रहेको जानकारी संगै ८१ जना उपचारपछि स्वास्थ्य लाभ गरी डिस्चार्ज भएको जनाएको छ।