शनिबार, बैशाख २२, २०८१

राजधानीमा एक महिने मूर्ति निर्माण तालिम सुरु

 काठमाडौं चैत्र ३०,
बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिद्वारा एक महिने मूर्ति निर्माण तालिम राजधानीमा सुरु गरेको छ । बुधवार तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै समितिका कार्यकारी निर्देशक होमबहादुर दोङले कला संस्कृतिको संरक्षण नै सिर्जना हो । यो सीप सिकाइबाट पाएको ज्ञान अमूल्य हुने बताए ।

उनले भने‚ ‘तालिमपश्चात कलाकार भएर निस्किने छ । अनुशासित भएर सिकेको ज्ञान नै उपयुक्त हुन्छ भन्दै उहाँले गुम्बा विकासबाट लिएको सीप विदेशमा समेत प्रयोग हुने भन्दै यसबाट देशको पहिचान समेत कायम गर्ने बताउनुभयो ।

यस्तै उद्घाटन सत्रलाई सम्बोधन गर्दे समितिका योजना शाखा अधिकृत रामबाबु सापकोटाले तालिम अवधिभर अनुशासन‚ चाहनका साथ सिकेमा त्यसले आफूलाई पूर्णता दिने बताए । उनले यो तालिमलाई हेलचेक्र्याइँ गरेर आफूखुसी भएर सीप सिक्यो भने त्यो प्रभावकारी नहुने बताए ।
त्यस्तै तालिमका प्रशिक्षक भीम श्रेष्ठले तालिम अवधिभर टेक्निकल ज्ञानसहित मैले जानेसम्मको सीप सिकाउने भएका कारण अनुशासनमा रहेर तालिम लिन आग्रह गर्नुभयो ।

तालिममा सर्लाही, सोलुखुम्बु, ताप्लेजुङ, सङ्खुवासभा, धादिङ लगायतबाट १५ जनाको सहभागी रहेका छन । समितिले यसअघि पनि गुम्बा व्यवस्थापन सम्बन्धी तालिम‚ मूर्ति बनाउने तालिम‚ सोवा रिग्पा तालिम‚ थाङ्का लेखन तालिम‚ आनीहरुलाई सामाजिकीकरण गर्ने गोष्ठी लगायतका प्रशिक्षणहरू प्रदान गर्दै आइरहेका छन ।