शुक्रबार, बैशाख २१, २०८१

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं चैत २९,
आज सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने र जेतमान तुम्बाहाम्फेको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यसुची रहेको रहेको सङ्घीय संसदको महासचिव डा.भरतराज गौतमले जानकारी दिनुभयो ।