शुक्रबार, बैशाख २१, २०८१

२ करोडको अडिओ प्रकरणको छिनोफानोका लागि रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं चैत २९,
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ । सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको २ करोडको अडिओ प्रकरणका विषयमा निर्णय लिन बुधवार बिहान ९ बजे केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडियो सम्बन्धी प्रतिवेदन मङ्गलवार सभापति रवि लामिछानेलाई बुझाएकाले निर्णय लिन केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

समितिसँगको बयानमा सांसद श्रेष्ठले अडिओ आफ्नो नभएको बताएका छन् । उनले दुर्गा प्रसाईँलाई नचिनेको र फोन संवादसमेत नगरेकोसमेत दाबी गरेका छन् ।