शुक्रबार, बैशाख २१, २०८१

उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै

काठमाडौं चैत २९,
निजी क्षेत्रका व्यवसायीहरुको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वचयनका लागि आज निर्वाचन हुँदै छ । मंगलबारबाट सुरु भएको महासंघको ५७औँ वार्षिक साधारणसभाबाट महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष बन्दै छन् ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने व्यवस्था भएअनुसार ढकालले अध्यक्षको जिम्मेवारी प्राप्त गर्न लागेको हो ।  नयाँ वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सदस्यहरु चुनावबाट चुनिनेछन् ।वरिष्ठ उपाध्यक्षका लागि अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईको बीचमा प्रतिस्पर्धा हुँदै छ । सबै उम्मेदवारहरु आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा आएका हुन् ।

  मंगलबारबाट सुरु भएकोे साधारणसभाले ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।महासंघको बैठकले नेपाल प्रज्ञा–प्रतिष्ठानलाई मतदान केन्द्र तोेको छ भने बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदानको समय तोकिएको छ ।विधानअनुसार वरिष्ठ उपाध्यक्षको उम्मेदवार निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । कुनै उम्मेदवार पहिलो चरणमा निर्वाचित हुन नसके दोस्रो चरणका लागि फेरि निर्वाचन हुनेछ । दोस्रो चरणको निर्वाचन गर्नुपरे पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ ।

मंगलवार साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि सरकारले अधिकतम प्रयास गरिरहेकोले नआत्तिन निजी क्षेत्रलाई आग्रह गरेका छन् । त्यस्ते उहँले मुलुक आर्थिक रुपले चुनौतीपूर्ण रहेको अवस्थामा आफूले जिम्मेवारी सम्हालेको र अहिलेको संकटमोचन गर्ने अवसर यो सरकारलाई रहेको बताएका हुन् ।

‘सरकारको सम्पूर्ण तागत अर्थतन्त्रलाई लयमा ल्याउने र त्यसलाई गति दिनेतर्फ केन्द्रित हुन्छ । पछिल्ला दिनहरुमा केही सकारात्मक संकेतहरु पनि देखिन थालिसकेका छन्’, उनले भने । नयाँ संविधान निर्माणपछि आर्थिक रुपमा गुणात्मक फड्को मार्ने अपेक्षा गरिए पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिका कारण त्यो सम्भव नभएको पनि बताए ।  प्रधानमन्त्री दाहालले बजेट निर्माणको क्रममा तरलता, राजस्व, रेमिट्यान्सलगायतका आर्थिक सूचकहरुको सुधारमा गम्भीर हुने प्रतिबद्धता जनाउँदै पनि जनाए । आफ्नो सरकारले अर्थतन्त्रमा देखिएको चुनौतीलाई कसरी सुधार गर्ने भनेर लागिरहेको बताउनुभयो ।