बुधबार, बैशाख १९, २०८१

मूलुकबाहिरबाट आयात हुने तरकारीको विषादी परीक्षण गर्ने सरकारको निर्णय

महानगर प्रमुखको नीतिगत व्यवस्थाविरूद्धको अभिव्यक्ति प्रति मन्त्रीपरिषदको ध्यानाकर्षण ,जिम्मेवारीबोध गरी काम गर्न सचेत गराउने

काठमाडौं चैत २८,
मन्त्रीपरिषदको आज बसेको बैठकले मूलुकबाहिरबाट आयात हुने तरकारीको विषादी परीक्षण गर्ने निर्णय गरेको छ।  त्यस्तै  बैठकले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्रसाहले लाई जिम्मेवारीबोध गरी काम गर्न सचेत गराउने निर्णय गरको छ ।

काठमाडौं उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले आफ्नो जिम्मेवारीबोध गरेर काम गर्न प्रमुख बालेन साहलाई सचेत गराउने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबार, बालुवाटार, शीतलनिवासको फोहोर नउठाउने भन्ने काठमाडौं महानगर प्रमुखको नीतिगत व्यवस्थाविरूद्ध अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको जनाउ सहित यस सम्बन्धमा आवश्यक पहल अघि बढाउने निर्णय भएको बताउनुभयो ।