बुधबार, बैशाख १९, २०८१

सासंद श्रेष्ठको अडियो प्रकरण माथि अख्तियारले थाल्यो अनुसन्धान

काठमाडौं चैत २८,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी [रास्वपा]का सांसद्ले मेडिकल व्यवसायी रमेश प्रसाईंसँग २ करोड मागिएको अडियो प्रकरणमा अनुसन्धान सुरु गरेको छ।

अडियो प्रकरणको अनुसन्धानका लागि सार्वजनिक भएपछि आयोगमा परेको उजुरीसंगै सांसद ढाकाकुमार श्रेष्ठमाथि अख्तियारले अनुसन्धान सुरु गरेको हो । कपुरबोट डट्कमले सार्वजनिक गरेको अडियो संगै सञ्चारमाध्यममा सार्वजनिक भएका तथ्यहरूलाई पनि आयोगले प्रारम्भिक उजुरीको मान्यता दिँदै अनुसन्धान सुरु गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

यसैवीच सांसद श्रेष्ठको सचिवालयले भने सार्वजनिक भएको अडियो वास्तविक नभएको दावी गरेको छ। सचिवालयले विज्ञप्ति जारी उक्त अडियो सार्वजनिक गर्ने मिडियालाई विद्युतीय ऐन २०६४ अनुसार कडाभन्दा कडाभन्दा कडा कारबाही हुनुपर्ने मागसमेत गरेको छ। अडियो प्रकरण संगै रास्वापाले सांसद ढाकालाई निलम्बन गरिसकेको छ।