मङ्लबार, बैशाख २५, २०८१

भक्तपुरमा आजबाट  ८ रात ९ दिनसम्म मनाइने विस्केट जात्रा शुरु

फाइल फोटो

भक्तपुर चैत २७ ,
भक्तपुरमा आजबाट ८ रात ९ दिनसम्म मनाइने विस्केट जात्रा शुरु हुने भएको छ । तान्त्रिक विधिअनुसार शुरु गरिने र विस्केट जात्राको पहिलो दिन  आज   बिहानैदेखि भैरव र भद्रकालीको पूजा गरेपछि दिउँसोबाट भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा मनाइने परम्परा रहेको छ ।   बिक्रम संवत् अनुसार सौरमासको आधारमा मनाइने बिस्केट जात्रा बिःसीत अर्थात नागनागिन म(यो भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको मानिन्छ ।

आज तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरव र भद्रकालीको रथ टौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी क्षेत्र तर्फ तानि रथलाई तल्लो क्षेत्रमा गःहिटी पु(याई पहिलो दिनको रथयात्रा विसर्जन गर्ने परम्परा रहेको छ । त्यस्तै जात्रको क्रमममा हजारौको संख्यामा भिडभाड हुने गर्दछ ।  त्यसपछि चैत्र मसान्तमा ईन्द्रध्वजासहितको लिङ्गो उठाई वैशाख १ गते राति लिङ्गो ढाल्ने गरिन्छ भने वैशाख १ गते भक्तपुरको भेलुखेलमा ठूलो मेला लाग्ने गर्दछ ।

जात्राका सम्बन्धमा प्राप्त किंम्बदन्ती अनुसार परापूर्वकालमा भक्तपुरमा बस्ने एक प्रतापी राजाको अत्यन्तै अद्भूत सुन्दरी राजकुमारी थिइन् । राजाले ति राजकुमारीसँग बिहे गर्नेलाई आफूले राजगद्दी नै सुम्पने बताएपछि राजगद्दी पाउने राजकुमारीसँग बिहे गर्न धेरै कुमारहरू आए तर जसले राजकुमारीसँग बिहे गर्थे उ पहिलो रातमै त्यही ओछ्यानमा मर्दथ्यो । राजाले आफ्नो सयनकक्षबाट हरेक बिहान लास उठाई मसानघाटसम्म पु¥याउने मलामी गुठी नै सञ्चालनमा ल्याएका थिए ।

एकदिन एक बलवान राजकुमारले राजकुमारीसँग बिहे गरे । राति राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा नागनागिनी निस्केर अजिङ्गरको रूपधारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए । ती नागनागिनीले प्राण त्याग गर्ने बेलामा अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ, हामी प्राण त्याग गरेर गएपछि हाम्रो पुरूषार्थ देखाउन सबैले देख्ने गरी जात्रा चलाइदिनू भनी प्राण त्याग गरे ।

भोलिपल्ट सधैँझैँ गुठीयार राजकुमारको लास लिन जाँदा राजकुमार जीवित नै र दुईवटा नाग–नागिनी मरेको देखेर सबै खुशी भएर राजाले पनि छोरीलाई अथाह धनसम्पत्ति दाइजो दिएर राजकुमारलाई राजतिलक गरिदिए ।

अजिङ्गरको स्वरूप हुने नागनागिनी मारिएको खुशीयालीका साथ यो जात्रा मनाउन थालिएको हो र नागनागिनीको अन्तिम इच्छाअनुसार ५५ हात लामो सोझो सल्लाको रूखको गोलो परेको लिङ्गो ल्योसिंखेलमा ठड्याउने गरिन्छ ।

यो लिङ्गो भक्तपुरको चित्तपोल गाविसको सल्लाघारी जङ्गलबाट तान्त्रिक विधिअनुसार पूजा गरी बोकाले छोएकै रूखमा बोकाको बली चढाइ सोही रूख काटी ल्याउने प्रचलन अहिलेसम्म चल्दै आएको छ । लिङ्गोमा राख्ने ध्वजा एकजोडी र लिङ्गो ठड्याउने आठवटा डोरी रहेको हुन्छ, जसमा अष्टमातृका गण अंकित हुन्छ ।

प्रत्येक वर्षको वैशाख ५ गते जात्राको अन्तिम दिन भएकोले यो दिन प्रसिद्ध पाँचतले मन्दिरस्थित तौमढीे भैरवको रथ तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई पूजा गरी भैरव मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गरिन्छ ।

नेपाल सम्वत २६८ अर्थात लिच्छवीकालभन्दा अगाडिको यो जात्रा नागनागिनी मारिएको खुशीयालीमा मनाउन लागेको र यो जात्रालाई मल्ल राजा जगत ज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ । त्यसपछि नेपाल सम्बत ८२७ मा राजा भूपतिन्द्र मल्ल यो जात्रा अझ व्यवस्थित गरी आठरात र नौ दिन मनाउने प्रचलन बसाएको एवं त्यही प्रचलन आजसम्म चल्दै आएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31