शुक्रबार, बैशाख २१, २०८१

सरकारी क्यालेण्डरमा जनयुद्ध दिवस र पृथ्वी जयन्तीको सार्वजनिक बिदा समावेश गर्ने सरकारको निर्णय

काठमाडौ फागुन ५,
सरकारले पृथ्वी जयन्तीसँगै जनयुद्ध दिवसको सार्वजनिक बिदा सरकारी क्यालेण्डरमा नै समावेश गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा वोल्दै सरकारका प्रवक्ता एवं सूचना संचार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक विदालाई आगामी वर्षको क्यालेन्डरमा समावेश गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो ।

 त्यस्तै उहँँले आगामी २०८० सालको सार्वजनिक बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा पनि थप्ने निर्णय गरेको जानकारी दिनुभयो ।   जनयुद्ध दिवसमा सरकारले पहिलो पटक बिदा दिन थालेको हो भने यसअघि  दिदै आएको  पृथ्वी जयन्तीको सार्वजनिक विदा भने  सरकारले मुलुकमा   गणतन्त्र आएसँगै कतौती गरेको  हो ।