आइतवार, बैशाख २३, २०८१

थोक औषधि व्यवसायीको व्यवसायिक सुरक्षा संस्थागत अभिष्ट : अध्यक्ष बास्कोटा

काठमाडौं फागुन ५,
नेपाल औषधी थोक व्यवसायी संघले देशभर विभिन्न कार्यक्रम सहित आज आफ्नो ७ औँ स्थापना दिवश मनाइएको छ । व्यवसायीक हकाधिकारको सुरक्षासंगै व्यवस्थित मर्यादित व्यवसाय भन्ने मुल नारा सहित संघले आज आफ्नो स्थापना दिवस मनाएको हो ।

देशका तमाम थोक औषधि व्यवसायीहरुको व्यवसायिक सुरक्षा, हकहित एवम पुजी सुरक्षाको प्रत्याभुतिको लागी साझा संस्थाको प्रारुपमा अस्तित्वमा आएको यस संस्थाको ७ औँ स्थापना दिवशको अनौपचारिक कार्यक्रमलाइ सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष शिवराज वास्कोटाले सम्पूर्ण थोक औषधि व्ययवसायीहरुको सर्वपक्षिय कल्याण संस्थाको एकमात्र अभिष्ट रहेको जनाउ दिनुभएकोछ ।

त्यस्तै उहाँँले दिवसको अवसरमा औषधि क्षेत्र सम्वद्ध क्रमस उत्पादक संघ, आयातकर्ता संघ , आयुर्वेद औषधि उत्पादक संघ, मेडिकल एसोसियसन, रसायन तथा मेडिकल आपुर्ति संघ, औषधि बिक्रि प्रबन्धक संगठन, औषधि तथा बिक्रि प्रतिनिधि संघ लगायतका सम्पूर्णमा आभार व्यक्त गर्दै मुलुकको औषधि जजारलाइ मर्यादित एवम् सुरक्षित बनानका लागि साझा कार्यविधि सहित नगदमा कारोवार गर्ने अवधारणलाइ सार्थकता दिनकिमार्थ विलम्व गर्नु नहुने बताउनुभयो ।

कार्यक्रमा संस्थाका उपाध्यष माधव अधिकारी, महासचिव गणेश नेपाल लगातका पदाधिकारीसंगै बागमती प्रदेशका अध्यक्ष एव पदाधिकारीको उपस्थित रहेको थियो ।

 त्यस्तै संघको स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशको समन्वयमा जिल्ला समिति दाङ्गले व्यवसाय व्यवस्थापनका लागिआधारभूत सिद्धान्त विषयक तालिमको आयोजना गरेको छ भने सुदुरपश्चिम प्रदेशले आमाको माया छात्रावासमा खाधान्न वितरण गरेको जानकारी प्राप्त भएकोछ । त्यस्तै बाँकी अन्य प्रदेशमा समेत विभिन्न रचनात्मक कामकारावही सहित स्थापना दिवस मनायउको जानकारी प्राप्त भएको छ।

नेपालमा औषधीको थोक बजारीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको थोक औषधि व्यवसायीहरुको साझा संस्था नेपाल औषधी थोक व्यवसायी संघ पछिल्लो समय मुलको सातै प्रदेशमा संस्थागत लक्ष्य प्राप्तिको क्षेत्रमा अविराम क्रियाशील हुँदै आइरहेको छ ।