शुक्रबार, बैशाख २१, २०८१

औषधि आपुर्तिमा अवरोध गर्दै जनस्वास्थ्यमा खेलवाड नगर्न सम्वद्ध संघसंस्थाको अपिल

काठमाडौं फागुन ५,
नेपाल औषधी उत्पादक संघ लगायतका औषधि क्षेत्र सम्वद्ध विभिन्न ६ वटा संघसस्थाले आज एक सयुक्त विज्ञप्ति जारी गर्दै पछिल्लो समय नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघका सदस्यहरुले मुलुकको प्रचलित कानुन विपरित औषधी उद्योग, उद्योगी र उद्योगमा कार्यरत ब्यबस्थापक लक्षित हुँदै गर्दैआइरहेको हुलहुज्जत सहितको जबर्जस्ती प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 औषधि उत्पादक संघका महासचिव बिप्लव अधिकारीले जारी गर्नु भएको विज्ञप्तिमा नेपालको संविधान २०७२ को भाग ३ दफा १७ को उपदफा “च” ले नेपालको कुनैपनि भागमा पेशा,रोजगार गर्ने र उद्योग ब्यापार तथा ब्यबसायको स्थापना र संचालन गर्ने स्वतन्त्रता दिएको स्वतन्त्रताको हकको बिरुद्ध नेपाल औषधी तथा बिक्रि प्रतिनिधि संघले सम्वद्ध सदस्यहरुले नेपालमा औषधीको बजारीकरण गर्ने सम्बन्धमा बिभिन्न बहानामा बजारमा कार्यरत कर्मचारीहरुलाई बिभिन्न हुल,समुह,संस्थाको नाममा कार्य गर्न निषेध काम गर्दै आइरहेको उल्लेख गरिएको छ।

त्यस्तै औषधि तथा बिक्रि प्रतिनिधि संघले सम्वद्ध सदस्यहरुले कार्यस्थलमा ब्यबस्थापक,निर्देशक लगायत कर्मचारीहरु पूर्व स्वीकृती लिएर मात्र चिकित्सक,थोक बिक्रेता, औषधी पसल, अस्पताल समेतमा कार्य गर्नुपर्ने जस्ता कामकारावही गर्दै बिद्यमान कानुन बिपरित औषधी जस्तो संबेदनशील एवं अत्यावश्यक बस्तुको आपुर्तिमा अवरोध गर्दै जनस्वास्थ्य प्रति खेलवाड गर्दै आएको उल्लेख गरिएको छ ।

त्यस्तै यस किसिमका गैह्रकानुनी कामकारावही संगै कर्मचारीहरुलाई काम गर्न निषेध गर्ने, जबरजस्ती रकम असुुलि गर्ने,हुलहुज्जत गर्ने, धम्कि दिने जस्ता कार्यको कानुनी उपचार खोज्न बाध्य हुने चेतावनी सहित त्यस्ता क्रियाकलापमा कोहि कसैलाई पनि संलग्न नहुन आग्रह गरेको छ ।अन्यथा यस्तो प्रकारको क्रियाकलापमा संलग्न भई नेपालको संबिधान र बिद्यमान कानुन बमोजिम उपचार खोजिने क्रममा कोहि कारबाहीको भागेदार भएमा हामी जिम्मेवार नहुने जानकारी समेत गराएको छ ।

नेपाल औषधि उत्पादक संघ,नेपाल आयुर्वेद औषधि उत्पादक संघ,नेपाल मेडिकल एसोसियसन, नेपाल औषधि ब्यबसायी संघ,रसायन तथा मेडिकल आपुर्ति संघ,नेपाल औषधि बिक्रि प्रबन्धक संगठन, एशोशियसन अफ प्राईभेट हेल्थ ईन्सिटच्युसन नेपालले जारी संयुक्त प्रेस विज्ञप्तिमा नेपालको संबिधान २०७२ को भाग ३ दफा १७ को उपदफा “च” ले नेपालको कुनैपनि भागमा पेशा,रोजगार गर्ने र उद्योग ब्यापार तथा ब्यबसायको स्थापना र संचालन गर्ने स्वतन्त्रता दिएको छ । बिगत केहि समय देखि यस स्वतन्त्रताको हकको बिरुद्ध नेपाल औषधी तथा बिक्रि प्रतिनिधि संघ (NMSRA भन्ने संस्थाको केहि सदस्यहरुले औषधी उद्योगीहरु र उद्योगमा कार्यरत ब्यबस्थापकहरुलाई उक्त संस्थाको पुर्व स्वीकृती नलिई बजार प्रबेश गर्न नदिने, उद्योगको बजार बाट उठाउनुपर्ने रकम उठाउन बन्देज लगाउने, उद्योगको बैठक स्थलमा जबर्जस्ती प्रवेश गरि हुलहुज्जत गरि लाखौं रकम असुली गर्ने जस्ता अब्यबहारिक एवं नेपालको बिद्यमान कानुन बिपरितका कार्यहरु गरिरहेको प्रति हामी औषधी सम्बद्ध सम्पूर्ण संस्थाहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।

औषधि जस्तो संबेदनशील एवं अत्यावश्यक बस्तुको आपुर्तिमा असहज गराउने कार्य जनस्वास्थ्य प्रतिको खेलवाड हो ।नेपालमा औषधिको बजारीकरण गर्ने सम्बन्धमा बिभिन्न बहानामा बजारमा कार्यरत कर्मचारीहरुलाई बिभिन्न हुल,समुह,संस्थाको नाममा कार्य गर्न निषेध गर्ने,कार्यस्थलमा ब्यबस्थापक(Managers)निर्देशक (Directors), लगायत कर्मचारीहरु पूर्व स्वीकृती लिएर मात्र चिकित्सक,थोक बिक्रेता, औषधि पसल, अस्पताल समेतमा कार्य गर्नुपर्ने क्रियाकलाप नेपालको संविधान र बिद्यमान कानुन बिपरित रहेको छ । नेपालको संबिधान प्रदत्त अधिकार प्रयोग गरि आफ्नो ब्यापार ब्यबसाय संचालन गर्ने हक हनन हुने क्रियाकलाप प्रति हामी गम्भीर रहेका छौ । यस बिषयमा हामी स्वास्थ्य सम्बद्ध संस्थाहरु ऐक्यबद्धता जनाउँदै यस्ता प्रकारका गैह्रकानुनी कार्य कसैले नगर्न, नगराउनुहुन सम्बन्धित निकायहरुलाई यसै बिज्ञप्ति मार्फत अपिल गर्दछौ ।

गैह्रकानुनी रुपमा कर्मचारीहरुलाई काम गर्न निषेध गर्ने, जबरजस्ती रकम असुुलि गर्ने,हुलहुज्जत गर्ने, धम्कि दिने जस्ता कार्यको कानुनी उपचार खोज्नु हामी सबैको अधिकार हो । कानुनी राज्यको अबधारणा बमोजिम अगाडि बढ्नु हामी सबैको दायित्व हो । तसर्थ यस्ता प्रकारका क्रियाकलापमा कोहि कसैलाई पनि संलग्न नहुन पनि आग्रह गर्दछौ । अन्यथा यस्तो प्रकारको क्रियाकलापमा संलग्न भई नेपालको संबिधान र बिद्यमान कानुन बमोजिम उपचार खोजिने क्रममा कोहि कारबाहीको भागेदार भएमा हामी जिम्मेवार हुने छैनौ भनिएको छ ।