बुधबार, बैशाख २६, २०८१

उपत्यकामा सार्वजनिक यातायात बन्दको घोषणा,सरकारद्वारा वार्ताको लागि आव्हान

 काठमाडौं फागुन २,
यातायात मजदुरले आजदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् । यातायात मजदुरहरूले सोमबार साँझ विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकामा गाडी नचलाउने घोषणा गरेको हो ।

 नयाँ बसपार्कको ठेकेदार लोत्से कम्पनीले गुन्डागर्दी गरेकोले आफूहरु सडकमा उत्रिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

 त्यस्तै ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आयोजना गरेको आन्दोलनका क्रममा मजदुरहरूले आगजनी तथा तोडफोड संगै यातायात मजदुरले सोमवार बालाजु क्षेत्रमा सडकमा गाडी तेर्साएर अवरुद्ध गरेका थिए । त्यस्तै आन्दोलनकारीले प्रहरीका दुईवटा भ्यानमा आगजनी गर्नाका साथै माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोष्ट समेत भत्काइदिएका छन् ।

 यसैवीच सरकारले आन्दोलनरत यातायात मजदुरलाई वार्ताको लागि आव्हान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आह्वान गरिएको यातायात विभागका महानिर्देशक तुलसी गौतमले सार्वजनिक यातायात नचलाउने घोषणा संगै आन्दोलनमा उत्रेका यातायात मजदुरहरूलाय वार्ताको माध्यमबाट निकास खाज्न आव्हान गरेको हो ।

 सोमवार साँझ आन्दोलनरत यातायात मजदुरले सवारी जरिवानाबापत ट्राफिक प्रहरीले लिँदै आएको चर्को शुल्क खारेज गर्नुपर्ने, निलम्बित लाइसेन्स फुकुवा गर्नुपर्ने, भौतिक पूर्वाधार पार्किङ पिक एन्ड ड्रपको व्यवस्था गर्नुपर्नेलगायतका माग सहित काठमाडौँको नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड र प्रहरीमाथि ढुङ्गा प्रहार गर्नेदेखि प्रहरीको गाडी समेत आगजानी गरेको वालाजु प्रहरीले जनाएको छ ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031