सोमवार, बैशाख २४, २०८१

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं माघ २८,
तनहुँ, आबुँखैरेनी गाउँपालिका ३ गाउँपालिका चोकमा डुम्रेबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग.१ ख ६३०७ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय मिन बहादुर बिकको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको चितवनस्थित सिएमसि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएकोछ।

भक्तपुर, चागुँनारायण नगरपालिका ६ बाख्रीगाँउस्थित सडकमा नगरकोटबाट तेलकोटतर्फ जाँदै गरेको प्रदेश ०३-०२-००९ प ५५०३ नम्बरको मोटरसाइकल आफै
अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक काठमाडौं शंखरापुर नगरपालिका- ५ पालुवारी बस्ने ४० वर्षीय शंखर भोलोन तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सुस्मा मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा मृत्यु भएको हो

यसैगरी भक्तपुर, सूर्यविनायक नगरपालिका९७ जोरपाटीस्थित सडकमा बा.४ ख ८९१२ नम्बरको बसमा बा ९९ प ३४८५ नम्बरको स्कुटर ठक्कर खाई शुक्रबार दिउँसो
दुर्घटना हुँदा स्कुटर चालक धनकुटा खोलीखर्क गाँउपालिका ७ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका९२ झौखेल बस्ने ३९ वर्षीया ओम कुमारी श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएकोछ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गुल्मी, धुर्कोट गाउँपालिका २ पिपलधारास्थित सडकमा पिपलधारातर्फ जाँदै गरेको लु.४ त ७६५६ नम्बरको ट्याक्टरबाट लडेर सोही ठाउँ बस्ने २२ वर्षीय सुवास परियारको शुक्रबार दिउँसो मृत्यु भएको छ । ट्याक्टरबाट लड्दा सोही ट्याक्टरको चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरी, ईटहरी उपमहानगरपालिका ६ वीरेन्द्रचोकमा ना ५ ख ४५५३ नम्बरको.ट्रकले को.२१ प ५४७७ नम्बरको स्कुटरलाई शुक्रबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक.सोही उपमहानगरपालिका ५ बस्ने ३२ वर्षीया तारा निरौलाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा, कलैया उपमहानगरपालिका-२० बसतपुरस्थित सडकमा बेनौलीबाट.बसतपुरतर्फ जाँदै गरेको बा।२६ प ४९०३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय दिनानाथ दासको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो ।.मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दैलेख, नारायण नगरपालिका-८ सिमाँडास्थित सडकमा से.२ त १६५२ नम्बरको.ट्याक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार भगवतीमाई गाउँपालिका९१ गन्म.बस्ने ६८ वर्षीय गोबिन्द अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका.उनको जिल्ला अस्पताल दैलेखमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र.चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अर्घाखाँची, पाणिनी गाउँपालिका-८ अरबकास्थित सडकमा लु.२ त ९२७१.नम्बरको ट्याक्टर सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-८ गैनडाँडा बस्ने १८ वर्षीय हुम बहादुर कुमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालक समेत २ जनालाई उपचारको लागि पाल्पातर्फ पठाइएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।