आइतवार, बैशाख २३, २०८१

ठूलो दलको हैसियतमा सु.प्र. सरकारको मुख्यमन्त्रीमा काँग्रेस नेता शाह नियुक्त

काठमाडौ माघ २६,
नेकपा एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि रावल नेतृत्वको सरकार ढलेपछि सुदूरपश्चिम प्रदेशमा नयँ सरकार बन्ने भएकोछ ।

५३ सदस्यीय प्रदेश सभामा प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत नभएपनि  सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको १९ सिट रहेको छ । संविधानको धारा १६८ को उपधारा ९३० बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह शाहले मुख्यमन्त्रीमा आफ्नो दावी प्रस्तुत गरेसंगै उहाँलाइ बिहीबार साँझ प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो।

प्रदेशसभामा मसख्यमन्त्रीको बहुमतकालागि २७ सासंदको समर्थन आवश्यक रहन्छ । यद्यपी तत्कालालइ ठूलोदलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त काँग्रेस नेता शाहले एक महिनाभित्र प्रदेश सदनबाट विश्वासको मत लिनुपर्ने संविधानत व्यवस्था रहेको छ। यदि एक महिनाभित्र शाहले अन्य दलको समर्थनमा वा विस्वासको मत प्राप्त गर्न सफल हुनुभयो भने शाह नेतृत्वको सरकारले निरन्तरता प्राप्त गर्नेछ ।