बिहिबार, बैशाख २०, २०८१

राष्ट्रपतिले आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

 काठमाडौं माघ २७, 
राष्ट्रपति विद्यादेवी भण्डारीले आज  अपरान्ह ३ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपतिले सम्बोधन गर्ने   भएकी छन्।    राष्ट्रपतिको सम्बोधनका लागि संघीय संसद सचिवालयले आवश्यक तयारी भइसकेको जनाएकोछ।

संसद सचिवालयका अनुसार   राष्ट्रपतिले गर्ने सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै टेबल गर्नेछन्।त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने संघीय संसद सचिवालयले जनाएको  छ।

राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने संवैधानिक प्रावधान  रहेको छ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाको पहिलो अधिवेशन हाल जारी रहेको  जुन   पहिलो अधिवेशन समेत  भएकाले राष्ट्रपतिले सम्बोधन गर्न लागेकी हुन्। यस्तै राष्ट्रपति भण्डारीले शनिबार अपरान्ह ३ बजे नवनिर्वाचित सांसदहरूको सम्मानमा राष्ट्रपति कार्यालय शीतलनिवासमा चियापानको आयोजना गरेकी छन्