आइतवार, बैशाख २३, २०८१

विश्वासको मत नपाएसंगै नेकपा एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढल्यो

विश्वासको मत माग्ने क्रममा मत नपाएपछि प्रदेश सरकार ढलेको यो पहिलो घटना

काठमाडौ माघ २६,
मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएसंगै नेकपा एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढलेको छ ।  एमालेको तर्फबाट रावल गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक प्रावधान अनुसार मुख्यमन्त्री रावलले ५३ सदस्यीय प्रदेश सभामा बहुमत पुष्टि गर्न २७ मत आवश्यक थियो । प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन ।

यद्यपी सत्तासमर्थक दल नागरिक उन्मुक्ति पार्टीको तर्फबाट सहयोग हुने अपेक्षा मुख्यमन्त्री रावलले गरेपनि गरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरु बैठकमानै उपस्थित नभइपछि सभामुखले पक्ष र विपक्षमा ध्वनि मत गराएकामा सोअनुसार विश्वासको मत नपाएपछि एमाले सरकार ढलेको हो । नागरिक उन्मुक्ति  पार्टीले आफ्ना संरक्षक रेशम चौधरीलाई रिहा गर्नुपर्ने माग केन्द्रीय सरकारले सम्बोधन नगरेपछि प्रदेश सरकारलाइ विस्वासको मत दिन नसक्ने बटमलाइनमा तय गरेको थियो ।

 स्मरण रहोस, विश्वासको मत माग्ने क्रममा मत नपाएपछि प्रदेश सरकार ढलेको यो पहिलो घटना हो ।  प्रदेश सभामा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १० र राप्रपाका १ सांसद छन् । विपक्षमा रहेको नेपाली कांग्रेसका १९, उन्मुक्तिका पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ र १ स्वतन्त्र सदस्य रहेका छन् ।
आजको बैठकमा एक कांग्रेसका सांसदसंगै उन्मुक्तिका सातैजना अनुपस्थित रहेका थिए ।