आइतवार, बैशाख २३, २०८१

अपहरणमा परेको भन्दै नाटक गर्ने छ जना पक्राउ

काठमाडौ माघ २६,
काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले अपहरणमा परेको भन्दै नाटक गरेको अभियोगमा ६ जनालाई मंगलबार पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरी नगरपालिका १३ बस्ने ४७ वर्षीय बिदुर बस्नेत, चितवन भण्डारा राप्ती नगरपालिका ५ घर भई हाल काठमाडौं नैकाप बस्ने ३३ वर्षीय दिलिप बिक, सर्लाही बर्हथवा नगरपालिका ६ घर भई बालाजु बस्ने ४७ वर्षीय भोला महतो नुनिया, काभ्रे खानिखोला गाउँपालिका १ बस्ने ४२ वर्षीय जगत बहादुर भोलान, काभ्रे बनेपा नगरपालिका ६ घर भएका ५३ वर्षीय कान्छामान जिम्वा र धादिङ् थाक्रे गाउँपालिका ५ घर भई काठमाडौं कालिमाटी बस्ने ४४ वर्षीय आशमान लामा रहेको जनाएकोछ ।

चन्द्रागिरी नगरपालिका १३ पुरानो नैकापस्थित कंकाली पिस ब्याम्बो रिसोर्टको अगाडि मानिस अपहरण भएको भन्ने सूचना प्राप्तभएलगत्तै खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनीहरूले अपहरणको नाटक गरेको खुल्न आएपछि उनीहरूलाई पक्राउ गरेको हो । साथै उक्त घटना अपहरण नभई लेनदेन कारोबार रहेको अनुसन्धानबाट खुल्न आएको जनाउँदै उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको जनाएकेछ छ ।