शनिबार, बैशाख २२, २०८१

सर्वोच्चले माग्यो कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको नेता मान्नुको कारण

काठमाडौं माघ २५ ,
नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको नेता मान्नुको कारण प्रस्तुत गर्न संघीय संसद सचिवालयको नाममा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको दललाई प्रमुख प्रतिपक्ष मान्न नसकिने भन्दै अधिवक्ता विमलप्रसाद पोखरेलले दायर रिटको सुनवाइ गर्दै सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले कारण देखाउ आदेशसंगै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउन समेत भनेको छ।

स्मरण रहोस, प्रधानमन्त्री प्रचण्डलाई गत पुस २६ गते विश्वासको मत दिएको कांग्रेसलाई संसद् सचिवालयले माघ ४ गते प्रमुख विपक्षी दलको मान्यता दिएको थियो ।