शनिबार, बैशाख २२, २०८१

लुम्बिनी प्रदेश राष्ट्रिय सभा सदस्यमा एमालेका दसौंदी निर्वाचित

काठमाडौं माघ २५ ,
लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन्। दसौंदीले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरेका हुन्।

एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएसंगै लुम्बिनी प्रदेश राष्ट्रिय सभा सदस्यको पद रिक्त रहेपछि उपनिर्वाचन भएको हो ।

 राष्ट्रिय सभा सदस्यमा निर्वाचित एमालेका उम्मेदवार दसौंदीलाइ नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनका दलको समर्थन रहेको थियो । दसौंदीले ४ हजार २६ मतभार पाउँदैगर्दा कांग्रेसका आचार्यले ३ हजार ७२० र नाउपाका रायले १९२ मतभार पाएका थिए । राष्ट्रिय सभा सदस्यको यस उपनिर्वाचनमा प्रदेश सभा सदस्य र गाउँपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने व्यवस्था रहेको छ ।