शनिबार, बैशाख २२, २०८१

प्रम प्रचण्ड’ र सत्ता साझेदार दल एमालेअध्यक्ष ओलीबीच भेटवार्ता

 उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति

काठमाडौं माघ २५ ,
प्रधानमन्त्री ‘प्रचण्ड’ र सत्तासाझेदारदल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच आज भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा भएको सो भेटवार्ता मुलत आसन्न राष्ट्रपति निर्वाचन केन्द्रीत रहेको बुझिएको छ।

त्यस्तै उहाहरुवीचको भेटवार्ताको क्रममा अध्यक्ष ओलीले पूर्वसहमति अनुसार नै एमालेले राष्ट्रपति पद पाउनुपर्ने र यसकोलागि पार्टीभित्र छलफल गरेर राष्ट्रपति उम्मेदवारको नाम तय गर्ने बताउनुभएको ओलीको सचिवालयले जनाएको छ ।

 यद्यपी पूर्वप्रम समेत रहेका एमाले अध्यक्ष ओलीको मागदावी पछि प्रम प्रचण्डले जेहुन्छ सकारात्मनै हुन्छ, सहमतिसहित अगाडी बढ्नुपर्ने भनाइ राख्नुभएको थाहा भएको छ । त्यस्तै भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले भने, “उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै आसन्न राष्ट्रपतिको आगामी निर्वाचनका विषयमा छलफल गर्दै सहमतिबाटै अगाडि बढ्ने प्रयास हुने बताउनुभयो ।