शनिबार, बैशाख २२, २०८१

फेक आईडी खोली रकम ठगी गर्ने कार्यमा संलग्न युनिसा भन्ने स्वस्तिका श्रेष्ठ पक्राउ

 काठमाडौं माघ २५ ,
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आफ्नै केटी साथीको नाममा फेक आईडी खोली आर्थिक कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सुनसरी रामधुनी गाँउपालिका- ४ घर भई काठमाडौं नयाँबस्ती बस्ने २० वर्षीया युनिसा भन्ने स्वस्तिका श्रेष्ठलाई मंगलबार पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उनले फेसबुक, इन्स्ट्राग्राम जस्ता सामाजिक संजालहरुको दुरुपयोग गरी अष्ट्रेलियामा रहेकी केटी साथीको नाममा फेक फेसबुक एकाउन्ट खोली पीडितको फोटो, स्टाटस अपलोड गरी केटा साथीहरुलाई म्यासेन्जर मार्फत विभिन्न बहानामा आफ्नो बैंक तथा ईसेवा वालेटहरुमा रकम पठाउन लगाई ठगी गरेको अनुन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले श्रेष्ठ उपर विद्युतिय कारोवार कसूर अन्तर्गत आवश्यक अनुसन्धान एवं कारवाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटि काठमाडौं चलान गरिएको जनाएको छ ।