शुक्रबार, बैशाख २१, २०८१

मप बैठकका १४ बँदे निर्णय: पेट्रोलियम पदार्थ अन्वेषणका लागि सरकारले दैलेखमा ४५ रोपनी जग्गा दिने

काठमाडौं माघ २४,

नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सोमबार बसेको मन्त्रिपरिषद् बैठक मार्फत विभिन् मन्त्रालयको प्रस्तावमा भएका १४ बुँदे निर्णय सार्वजनिक गर्नुभएको छ। मप बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता शर्माले सरकारले पेट्रोलियम पदार्थको अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका १ जलजलेको ४५ रोपनी जग्गा दिने निर्णय गरेको जानकारी दिनुभयो।

त्यस्तै उहाँले बागमती बाँध आयोजनाको काम अघि बढाउन काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा रहेको १४ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय संगै भारतमा आयोजना हुने नेपाल भारत विद्युत व्यापार सम्झौता अन्तर्गतको संयुक्त कार्य समूह तथा संयुक्त सञ्चालक समितिको १० औँ बैठकमा भाग लिन ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति दिने, सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने र २०७९ फागुन १ गतेदेखि ५ गतेसम्म रक्षामन्त्रीको भारत भ्रमणलाई स्वीकृति दिने निर्णय गरेको बताउनुभयो।

त्यस्तैगरि सरकारले सफा हिमाल अभियान २०२३ मा खटिने नेपाली सेनाका सदस्यलाई हिमाल आरोहण गर्दा लाग्ने दस्तुरलाई छुट गर्ने, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत १२ औँ तहका डा। दीपेन्द्ररमण सिंहलाई फागुन २९ देखि चैत्र २ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने फेसटुफेस मिटिङमा सहभागी हुन स्वीकृति दिने ,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि पुष्करलाई सङ्घीय मामिला मन्त्रालयमा र सङ्घीय मामिला मन्त्रालयका सचिवलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत सरुवा गर्ने निर्णय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव धनराज त्रवालीलाइ कानुन न्या तथा संसदीय मन्त्रालय र उदयराज सापकोटालाइ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवागर्ने , महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता गोपाल प्रसाद रिजाललाइ नायव महान्यायाधिवक्तामाबढुवा गर्ने निर्णयसंगै विभिन्न मन्त्रालयका २३ जना अधिकृतहरुलाइ प्रथम श्रेणीको सहसचिव वा सो सरहको पदमा बढुवा गरि पदस्थापना गर्ने निर्ण य भएको जानकारी दिनुभयो ।