शुक्रबार, बैशाख २१, २०८१

फेसबुकको स्टाटसले मात्र गैर आवासीय नेपालीहरुले अधिकार पाउन सक्दैन :अध्यक्ष आचार्य

काठमाडौं माघ २४,

गैर आवासीय नेपाली संघ बेलायतले नेपाल बार एसोसियसनका अध्यक्ष तथा बरिष्ठ अधिबक्ता गोपाल कृष्ण घिमिरे र पूर्ब बार एसोसियसन माहासचिब सुनिल कुमार पोखरेलसग मिडलैन्डको नटिंगहममा गैर आवासीय नेपालीहरुको समसामयिक बिषय बदलिएको नेपाली कानुन र गैर आवासीय नेपालीहरुको नेपालमा रहेको सम्पति विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

 संघका अध्यक्ष सुनिल बाबु खडकाको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रमको उद्घाटन संघका अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुल आचार्य,राष्ट्रिय समन्वय परिषद बेलायतका अध्यक्ष सुनिल बाबु खडका र नेपाल बार एसोसियसनका अध्यक्ष एवं बरिष्ठ अधिबक्ता गोपाल कृष्ण घिमिरेले गर्नुभएको गैर आवासीय नेपाली संघ बेलायतका प्रवक्ता शशांक शर्माले जानकारी दिनुभयो ।

 कार्यक्रममा गैर आवासीय नेपाली संघ बेलायत र नेपाल बार एसोसियसनवीच गैर आवासीय नेपालीहरुको नेपालमा रहेको सम्पतिको सुरक्षाको लागि आवश्यक पूर्वाधार तयार गर्ने लक्ष्य सहित संयुक्त कार्यपत्र सहित सम्झौता पत्रमा हस्तांक्षर समेत गरिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

प्रवक्ता शर्माले प्राध्यापक डा।सुर्य सुबेदी,गैर आवासीय नेपाली संघ बेलायतका उपाअध्यक्ष डा।नारायण दत्त कंडेल र बार एसोसियसन नेपालका प्रतिनिधीले तयार गर्नु भएको सम्झौता पत्रमा बार एसिसियसनका अध्यक्ष गोपाल कृष्ण घिमिरे र गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष सुनिल बाबु खडकाले हस्तांक्षर गर्नुभएको जानकारी दिनुभयो ।

 त्यस्तै सम्झौता पत्रको बारेमा बोल्दै गैर आवासीय नेपाली संघ बेलायतका उपाअध्यक्ष डा. नारायण दत्त कंडेलले गैर आवासीय नेपालीहरुका सम्पति सम्बन्धी कुनै पनी समस्याको कानुनी लडाई गैर आवसीय नेपाली संघ बेलायत र नेपाल बार एसोसियसनले संयुक्तरुपले लड्ने छ। यसको लागी नेपाल बार र गैर आबासीय नेपाली संघ बेलायतको हेल्प डेस्क तत्काललाइ नेपालका प्रमुख सहरहरुमा स्थापना गर्दै क्रमस यसको बिस्तार नेपालका सबै जिल्लाहरुमा गरिने जानकारी दिनुभयो।

सम्झौता पत्रमा प्रकास पार्दे प्रध्यापक डा. सुर्य सुबेदीले आजको यो दिन गैर आबासीय नेपाली संघ बेलायतको इतिहासमा स्वर्णअक्षरमा लेखिने छ भनी जुम मार्फत सम्बोधन गर्नुभयो।

गैर आवासीय नेपालीहरुको सम्पतिको स्वामित्वको बारेमा प्रकास पार्दे बरिष्ठ अधिबक्ता द्धयले गैर आवासीय नेपालीको नेपालमा रहेको सम्पतिमा कसैले आँखा लगाउन नहुने र गैर आबासीय नेपालीहरुले नेपाली नागरिकताको निरन्तरताको मागलाई अगाडी बढाई निष्कर्षमा पुर्याउँनु पर्ने र यसको लागी बार एसोसियसनको सहयोग गर्नको लागी तत्पर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।

 प्रवक्ता शर्माका अनुसार अन्तरक्रियालाई सम्बोधन गर्दे गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्यव परिषदका अध्यक्ष कुल आचार्यले प्राप्त अधिकारसंगै संघले अब दोहोरो नागरिकता र सम्पतिको हक नैसर्गिक बनाउनका लागि अभियानको रुपमा मुद्धाको उठान गर्नेपर्नेमा जोड दिदै बोल्न र फेसबुकमा लेख्न सजिलो छ तर उपलब्द्यि हासील गर्न निरन्तर नेपालको नेतृत्वसंग वार्ता,भेटघाट,बैठक र लबिङ गर्नुको विकल्प नभएको बताउनुभयो ।

राष्ट्रिय समन्वय परिषदका उपाअध्यक्ष डा नारायण दत्त कंडेलले संयोजन गर्नुभएको अन्तरक्रिया अन्तरक्रियामा हेम्मसायर पुलिसका सल्लाहकार,लेखक एवं नेता शिबजी श्रेष्ठ, सामाजिक अभियन्ता एवं नेता केशब भण्डारी , युरोप उपसंयोजक दयानिधी सापकोटा,पुर्ब मानार्थ सदस्य एवं नेता रण बहादुर क्षेत्री,केन्द्रीय सदस्य महेश अधिकारी,नेपाली बिर्टीस लयर्स एसोसियसनका अध्यक्ष दिपक भट्टराई लगायत स्थानिय अभियन्ताहरुले आ९आफ्नो भनाई राख्नुभएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।