शुक्रबार, बैशाख २१, २०८१

विदेश पठाइदिन्छु भन्दै ५७ लाख ठगी गर्ने श्रेष्ठ पक्राउ

काठमाडौं माघ २४,
नेपाल प्रहरीको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले सिङ्गापुर, अफगानिस्तान र घानामा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्दै नगद ५७ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा टोखा नगरपालिका ३ बस्ने सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका-७ घर भएका ३० वर्षीय अनिल श्रेष्ठलाई सोमबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ परेका श्रेष्ठले विभिन्न ७ जना व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि सिङ्गापुर, अफगानिस्तान तथा घाना जानको लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्छ, सम्बन्धित देशहरूमा पुगेपछि पानीजहाज लगायतका कम्पनीहरूमा काम लगाइदिन्छु र मासिक १ लाख रूपैयाँ भन्दा बढी तलव हुन्छ भनी प्रलोभनमा पारी पीडितहरूबाट पटक९पटक गरी उक्त रुपैयाँ ठगी गरेको प्रहरीले जनाएकोछ ।

त्यस्तै प्रहरीले पक्राउ परेका अभियुक्तलाइ थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा बुझाइएको जानकारी दिएकोछ ।