शुक्रबार, बैशाख २१, २०८१

रास्वपाको पत्रकार सममेलन: सरकालाइ दिएको समर्थन यथावत राख्दै सरकारबाट बाहिरिने

काठमाडौ माघ २२ ,

राष्ट्रिय स्वतन्त्र पार्टीको आज  बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णयको जानकारी पदन आयोजित पत्रका रसम्मेलनमा वोल्दै पार्टी सभापति रवि लामिछानेले सरकारबाट बाहिरिने निर्णय गरेको भए पनि रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम राख्ने निर्णय गरेको जानकारीदिनुभयो । त्यस्तै सरकारबाट बाहिरिने निर्णय गरेको रास्वपाले यदी समर्थन समेत फिर्ता गर्ने हो भने प्रधानमन्त्रीजीले फेरी  राख्दै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने झन्झट हुने अवस्था समेतलाइ दृष्टिगत गर्दै सरकालाइ दिदै आएको समर्थन यथावत राख्ने निर्णय भएको बताउनुभयो ।

नागरिकता प्रकरणसंगै पद गुमाउनु पर्दाको अवस्था मात्र नभएर पार्टी सरकारवाट वाहिरिनुमा नेपाली मिडियाको दोष रहेको जनाउ सहित नेपाली सञ्चार क्षेत्रका विभिन्न् जिम्म्ेवार व्यक्ति र सञ्चारजगत विरुद्ध निकै लामो चर्चा गर्दै मिडिया जगतमाथि विष वमन गरेका छन ।

पत्रकार सम्मेलनमा सरकारबाट बाहिरिने निर्णय गरेको रास्वपाले यदी समर्थन फिर्ता लिएको भए प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने रास्वपाबाट प्रचण्ड नेतृत्वको सरकारमा रास्वपाबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र तोसिमा कार्कीले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा रहेको थियो ।

नेपाली नागरिकता प्रमाणपत्र प्रकरणमा सर्वोच्चको फैसलासंगै लामिछाने सांसद, उपप्रधान तथा गृहमन्त्रीसहितका पद गुमाएका थिए । १३ माघमा सर्वोच्च अदालतको संवैधानिक इजलासले उनले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्दा बुझाएको नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर गरेको हो ।

तर यसवीचमा अमेरिकी नागरिकता त्यागेको निस्सा बुझाएर जिल्ला प्रका काठमाडौंबाट पुनः नेपाली नागरिकता प्रमाणपत्र प्राप्ति गरेसंगै लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफूलाई उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी दिन माग गरेका थिए ।

तर, प्रधानमन्त्री प्रचण्डले लामिछानेको राहदानी प्रकरण समेत बाँकी रहेको र अदालतको फैसलाको पूर्णपाठ समेत आइ नसकेका कारण् गृहमन्त्रीको जिम्मेवारी दिन नसक्ने अडान राख्दै अन्य मन्त्रालयको जिम्मेवारी लिन विकल्प प्रस्तुत गरेसंगै आइतबार रास्वपा सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो ।