शुक्रबार, बैशाख २१, २०८१

सरकारबाट बाहिरिने रास्वपाको निर्णय

काठमाडौ माघ २२ ,

राष्ट्रिय स्वतन्त्र पार्टी [रास्वपा]ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।आइतबार बसेको पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको   हो ।
त्यस्तै बैठकलगत्तै रास्वपाका सभापति रवि लामिछानेले पत्रकार सम्मेलन मार्फत सरकारबाट बाहिरिने त र सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय  निर्णयसंगै बाँकी थप विषयको समेत खुलासा गर्ने तयारी रहेको जानकारीदिएका छन ।

स्मरण रहोस, शनिवार सममको समय दिएर प्रधानमन्त्री प्रचण्डलाई गृहमन्त्रालय दिन माग गरेका थिए । तर सर्वोच्च अदालतको पूर्णपाठ पर्खिने अडान लिएर प्रचण्डले रविलाई भौतिक पूर्वाधार मन्त्रालय लिन आग्रह गरेपछि हिजो राति आकस्मिक रास्वपाको केन्द्रीय समितिको बैठक बसे पनि बैठकले कुनै ठोस निर्णय लिन सकेको  थिएन । यद्यपी आज बसेको बैठकले भने सरकारबाट बाहिरिने निर्णय गरेको हो ।