शुक्रबार, बैशाख २१, २०८१

शुक्रबार राष्ट्रपति भण्डारीले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाडौ माघ २२ ,

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकलाई माघ २७ गते सम्बोधन गर्ने भएकी छिन् ।

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले माघ २७ गते दिउँसो ३ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुने जानकारी दिनुभएको हो ।

नेपालको संविधान बमोजिम राष्ट्रपतिबाट संयुक्त सदनलाई सम्बोधन गर्ने व्यवस्था छ । प्रतिनिधि सभाको अर्को बैठक यही माघ २७ गते शुक्रबार साँझ ५ बजे बस्नेछ ।