शुक्रबार, बैशाख २१, २०८१

कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादीकी उम्मेदवार अर्याललाई समर्थन गर्दै उम्मेदवारी दर्ता नगराउँने

काठमाडौं माघ २२ ,
राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि सोमवार हुने निर्वाचनमा नेपाली काँग्रेसले पार्टीको तर्फबाट उम्मेदवारी नदिने भएकोछ।

आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्म राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि मनोनयन दर्ताको समय तोकिएको छ । यसवीचमा पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आइतबार बिहान बसेको कांग्रेस संसदीय समितिको बैठकले राष्ट्रिय सभा उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय सहित उम्मेदवारी नदिने निर्णय गरेको हो ।

त्यस्तै नेपाली काँग्रेससंगै बाँकी विपक्षी दलका शीर्ष नेताहरूले समेत काँग्रेसकौ निर्णय अनुसार माओवादी केन्द्रको तर्फबाट उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु हुने उर्मिला अर्यालको उम्मेदवारीलाइ समर्थन गर्ने तयारी भएको भएको थाहा भएको छ ।  राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म सङ्घीय संसद्को ल्होत्से हलमा उम्मेदवारी मनोनयन दर्ता हुँदै छ भने सोमबार निर्वाचन हुनेछ ।