शुक्रबार, बैशाख २१, २०८१

राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेरको निधन

 काठमाडौ माघ २२ ,
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । राणाका ज्वाईं तथा नेपाली कांग्रेसका नेता सुनीलबहादुर थापाका अनुसार काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत राणाको आइतबार बिहान साढे ६ बजे निधन भएको हो ।

जबराले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रुपमा काम गर्दै आएका थिए । उनी नेपालको पहिलो गभर्नर तथा पूर्वअर्थसचिव हुन् । उहाँ हिमालयन बैंकका संस्थापकसमेत हुनुहुन्छ ।