शुक्रबार, बैशाख २१, २०८१

१ हजार दरको ४ लाख ३५ हजार नक्कली नोट सहित दुई जना पक्राउ

काठमाडौं माघ २२ ,
लहान नगरपालिका ८ पशुपति स्कुलको गेट नजिकबाट १ हजार दरको ४ लाख ३५ हजार रुपैयाँ नक्कली नोट र सोही आकारको कागजातहरू ३३ बण्डल सहित सोही नगरपालिका १९ छरापट्टी बस्ने ३० वर्षीय ओसिन सेख समेत दुई जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, ईलाका प्रहरी कार्यालय लहान र सशस्त्र प्रहरी बल नेपाल लहानबाट संयुक्त रूपमा खटिएको प्रहरीले टोलीले जाँच गर्ने क्रममा उक्त नक्कली नोट सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाउँदै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएकोछ ।