बुधबार, माघ १८, २०७९

‘जीवनसाथी’ माघ १३ गतेदेखि देशभर प्रदर्शन हुने

 

काठमाडौं माघ ८,
प्रेमकथामा आधारित चलचित्र ‘जीवनसाथी’ माघ १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । दीपक तामाङले निर्देशन गरेको चलचित्र ‘जीवनसाथी’आउँदो शुक्रबारदेखि देशभरका हलहरुबाट प्रदर्शनमा आउने भएको हो ।

 चलचित्रको मुख्य भूमिकामा किशोर खतिवडा, अर्जुन गुरुङ, जयकिसन बस्नेत, सानिया खान रहेका छन् । प्रिन्सराज श्रेष्ठ, भरत कुमार मल्ल, दिपक तामाङ लामाको निर्माण रहेको चलचित्र फायर इन्टरप्राइजेज प्रालि र सिन्का फिल्म प्रोडक्सन प्रालिले निर्माण गरेको हो ।

भरतकुमार मल्लको प्रस्तुति रहेको चलचित्र मुलुकबाहिर मलेसिया, फ्रान्स, पोर्चुगल, जापानमा समेत विशेष प्रदर्शन हुने निर्देशक लामाले जानकारी दिएका छन् ।  नेपाली तथा तामाङ भाषाको दर्जनौं सफल चलचित्रहरु प्रस्तुत गरिसकेका निर्देशक लामा दर्शकले चलचित्र रुचाउनेमा विश्वस्त रहेका छन् ।

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031