शुक्रबार, बैशाख १४, २०८१

भारतको राजधानी दिल्लीमा २० वर्षीया अञ्जली सिंह मृत्यु प्रकरणका कारण  आक्रोस सहित नयाँ तरंग सिर्जना

कारले ठक्कर दिएकी अञ्जलीलाइ १२ किलोमिटरसम्म सडकमा घिसारेर लगेको घटनाको सर्वत्र भत्सर्ना, घटना राजनैतिक रंगमा रङ्गगिदै 

समाचार एजेन्सी पुस २०,
वर्ष २०२३ को शुभारम्भको पूर्व सन्ध्यामा भारतको राजधानी दिल्लीमा एक २० वर्षीया युवतीको विभत्स मृत्यु प्रकरणले पछिल्लो समय भारतको राजधानी दिल्लीमा नयाँ तरंग सिर्जना गरेको छ।  भारतीय सञ्चारमाध्य एविपी न्यूजले इभेन्ट म्यानेजरको पदमा कार्यरत अञ्जली सिंह नामकी महिला नयाँ वर्षको दिन कामबाट फर्कदै गर्दा उनको स्कुटर कारसँग ठोक्किए भएको घटना पछि चार जना यात्रु बोकेको एक निजि कारका चालकले महिलालाइ घिसारेर हिँडेको जनाएको छ।

कारले धेरै समयसम्म महिलालाइ घिसारेका कारण मृत्यु भएको उनको शवलाई घिसारेर लगेको देखाउने कैयौं सीसीटीभी भिडियोहरु सार्वजनिक भएको जनाउँदै अञ्जली मृत्यु प्रकरणका कारण सर्वसाधारण आक्रोशित बनेका छन् ।

त्यस्तै एविपी न्यूजले नयाँ वर्षको अवसर भएकाले यसवीचमा हुन सक्ने कुनै पनि घटनालाइ निगरानीगर्न दिल्लीको सडकमा गस्ती गर्न हजारौं पुलिसकर्मीहरू तैनाथीका वाजुद पनि महिलाको शव लगभग एक घण्टासम्म सडकमा तानिएको देख्ने साक्षीहरूले प्रहरीलाई कम्तीमा पाँच पटक पुलिसलाई फोन गर्दा पनि प्रहरीले कुनै सुनवाइ नगरेको जनाएको छ।

त्यस्तै प्रहरीको यस किसिमको हरकतले विभिन्न प्रश्नहरू खडा गरेको जिकिर सहित पछिल्लो समय दिल्लीमा नयाँ तरंग र आक्रोश सिर्जना गरेको हो।
यद्यपी यसवीचमा भारतमा सडक दुर्घटनाहरू सामान्य कारमा सवार पाँच जनालाइ प्रहरीले हिरासत लिएका छन । साथै भारतमा प्रत्येक वर्ष सडक दुर्घटनामा हजारौं मानिसहरूको ज्यान जाने गरेको बताएपनि अञ्जली दुर्घटना प्रकरणले राष्ट्रको ध्यान तानेको छ र व्यापक मिडिया कभरेज सहित भारतमा हत्या प्रकरणको भत्सर्ना गरेको छ ।