बिहिबार, बैशाख २०, २०८१

नेपाल संवतको प्रयोगलाई व्यापकता दिन आवश्यक :प्रधानमन्त्री देउवा

काठमाडौं कार्तिक ९,

 नेपा :या म्हसीका, नेपा : या गौरव ।। राज्य हे छयलेमा :  नेपाल संवत  भन्ने मुल नारा सहित  नेपाल संवत् ११४३ को अवसरमा न्हूदँ राष्ट्रिय समारोह समितिले आज राजधानीको वसन्तपुरमा आयोजना गरेको शुभकामना सभालाइ सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले धर्मसंस्कृति, इतिहास र परम्परासँग अभिन्नरूपमा जोडिएको नेपाल संवतको जगेर्ना गर्दै यसको महत्वलाई उजागर गर्न सबैले मिलेर काम गर्न जरुरी रहेको बताउनुभएको छ ।

त्यस्तै उहाँले सभालाइ सम्बोधन गर्ने क्रममा शङ्खधर साख्वाःले देखाउनुभएको सत्मार्गमा हामी सबै प्रतिबद्ध भएर लाग्न र नेपालको मौलिक संवत नेपाल संवतको प्रयोगलाई व्यापकता दिन आवश्यक रहेको बताउनुभएको छ ।

साथै प्रम देउवाले नेपाल संवतको अवसरमा आयोजना गरिने बृहत सांस्कृतिक ¥याली र यसको रौनकताको चर्चा गर्दै आगामी दिनमा पनि राष्ट्रिय विभूति शङ्खधर साख्वाः र नेपाल संवत्का बारेमा थप रचनात्मक कार्य गर्दै जानुपर्नेमा जोड दिनुभएकोछ ।

त्यस्ते कार्उक्रममा महानगर प्रमुख बालेन्द्र शाहले राष्ट्रिय विभूति शङ्खधर साख्वाःको उत्पतिस्थलको जगेर्नाका साथै उहाँको पहिचान र गौरबलाई स्थापित गरिनुपर्नेमा जोड दिदै समस्त नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रमममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ ,कांग्रेसका नेता प्रकाशमान सिंह, समारोह समितिका अध्यक्ष प्राडा नरेशमान बज्राचार्य , पूर्वमन्त्री राजेन्द्र श्रेष्ठलगायतले पनि नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वाःको विषयमा चर्चा गर्नु भएको थियो ।