शुक्रबार, बैशाख २१, २०८१

नेपाल संवत ११४३ को शुभारम्भ : राजधानी सहित देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं कार्तिक ९,
नेपाल संवत् ११४३ को स्वागतार्थ आज देशभर विविध कार्यक्रम आयोजना गरी नयाँ वर्षको शुभकामना आदान प्रदान गरि मनाइँदैछ । नेपालको मौलिक संवत अर्थात राष्ट्रिय विभूति शंखधरकृत नेपाल संवत ११४३ को शुभारम्भको अवसरमा देशभर सास्कृतिक र्याली संगै अन्य थप विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

यसवीचमा  आ-आफ्नै भेषभुसा सहित आयोजित सास्कृतिक र्यालीले थप रौनकता थपेको पाइन्छ । मुलत पछिल्लो समय नेवार समुदायले नयाँ वर्षका रुपमा स्वीकार गरिदै आएको यो संवत पछिल्लो समय आम नेपाली सवैले ग्रहण गर्दै आइरहेको पाइन्छ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले इसं ८८० मा गरिब जनताको ऋणमोचन गरी सुरु गर्नु भएको नेपाल संवत्का ११४३ शुरु भएको अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइन्छ ।

नेपाल संवतको रुपमा प्रचलित आजको दिनको प्रणेता शङ्खधर साख्वालाइ गरीब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५५ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गर्नुभएको थियो ।

त्यस्तै विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । कात्तिक कृष्ण औँसीका दिन बहीखाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाताको सुरुवात् गर्ने परम्परा अझैपनि काठमाडौँमा विद्यमान रहेको पाइन्छ ।

त्यस्तै आजैको दिन नेवार समुदायमा म्हः आत्म पूजासमेत गरिन्छ । आज नेवार समुदायका मानिसले आफ्नो आत्म म्हः पूजा पर्व मनाउने गर्दछन् । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आर्शिवाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वासका साथ यो पूजा गरिने विज्ञहरुले बताएका छन