मङ्लबार, बैशाख १८, २०८१

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी शुरु

 काठमाडौ असोज २९,
निर्वाचन आयोगले मङ्सिर ४ मा सम्पन्न हुने आसन्न आम निर्वाचन अन्र्तगत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाइसंगै सम्बन्धित जिल्लामा ढुवानी शुरु गरेको छ ।

आयोगले प्रतिनिधि सभातर्फको समानुपातिक प्रणालीका लागि दुई करोड चार लाख २१ हजार र सात वटै प्रदेशका लागि समानुपातिकतर्फको दुई करोड एक लाख ८४ हजार समेत गरि छपाइ सम्पन्न भएको चार करोड छ लाख पाँच हजार मतपत्र मुलुकका १८ जिल्ला क्रमस खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिराहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीका लागि मतपत्र ढुवानी गरेको जनाएको छ ।

त्यस्ते आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आवश्यक मतपत्र मध्ये असोज २९ गते सम्म १७ लाख मतपत्र छपाइ भएको जनाएको छ ।