बिहिबार, बैशाख २७, २०८१

१६५ प्रतिनिधिसभा सदस्यका लागि २१२८ जनाको उम्मेदवारी दर्ता

उम्मेदवारी मनोनयन दर्ता उत्साहजनकरूपमा सम्पन्न

काठमाडौं असोज २३ ,
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण वातावरणमा देशका ७७ वटै जिल्लामा स्थापना भएका मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ ।

 आयोगद्दारा जारी विज्ञप्तिमा आइतबार विहान १० बजेबाट साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई उम्मेदवारले आ आफ्नो मनोनयन दर्ता गराएको उल्लेख गरिएको छ।

 आयोगका प्रवक्ता शालिग्राम पौडेलले १६५ लागि प्रतिनिधिसभा सदस्यका लागि देशभरीबाट ९३७ जना पुरुष र १९१ जना महिला गरि कुल २१२८ जनाले उम्मेदवारी दर्ता गर्नुभएको आयोगको सूचना प्रणालीमा प्रविष्ट प्रारम्भिक खाँका रहेको जनाउ दिदै एकिन विवरण आउँन बाँकी रहेको उल्लेख गरिएको छ।