सोमवार, बैशाख २४, २०८१

१६५ सिटको भागबण्डा लगाउन सत्ता गठबन्धनको आज निर्णायक बैठक बस्दै

काठमाडौं असोज २१,
आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्र्तगत सत्ता गठबन्धनको आज अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा छलफल हुने भएको छ।

सत्ता गठबन्धनवीच चुनावी तालमेलका लागि एक सय ६५ सिटको भागबण्डा लगाउन सत्ता गठबन्धनलाइ निकै सकस भइरहेको अवस्था छ ।
यसवीचमा पटक पटक सत्ता गठबन्धनको शिर्ष नेतृत्वको बैठक बसे पनि गठबन्धनबीच सिट बाँडफाँट हुन सकेको छैन ।

निर्वाचन आयोगले आइतबार प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ताका लागि तोकेको मिति संघारमा आइपुग्दा समेत सिट बाँडफाँटमानै रुमलिएका सत्ता गठबन्धनको आजको बैठकले भने नितिगत निर्णय गर्ने बताइएको छ ।

त्यस्तै यसअघि सिट बाँडफाँटको प्रारम्भिक खाँकाप्रति असहमति जनाउँदै सत्ता गठबन्धनबाट वाहिरिएका जनता समाजवादी पार्टी आजको बैठकमा उपस्थित नरहेको थाहा भएको छ।