बुधबार, बैशाख २६, २०८१

न्याय परिषदको बैठक:सर्वोच्चको लागि न्यायाधीशत्रयको सिफारिस

काठमाडौं भाद्र २१,
न्याय परिषदको आज बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको न्यायाधीशको नाम सिफारिस गरेको छ । परिषदको बैठकले सर्वोच्चको लागि आज सिफारिस गरिएका न्यायाधीशत्रयमा क्रमस उच्च अदालतका मुख्य न्यायाधीश नीता गौतम दीक्षित, उच्च अदालतका मुख्य न्यायाधीश विनोद शर्मा र वरिष्ठ अधिवक्ता प्राध्यपक डीएन पराजुली रहेको छन।

सर्वोच्च अदालतमा दुई न्यायाधीशको पद मात्र रिक्त रहेता पनि परिषद्ले तीन जनाको नाम सिफारिस गरेको हो । सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आगामी असोज १६ गतेदेखि ६५ वर्षे उमेर हदका कारण अवकाश पाउने भएसंगै उनको स्थानमा समेत पदपूर्ति गर्ने गरी परिषद्ले तीन जनाको नाम सिफारिस गरेको हो । एक महिना पछि रिक्त हुने पदका लागि पनि सिफारिस गर्न सकिने कानुनी व्यवस्थाअनुसार हाल तीनजनाको नाम सिफारिस गरिएको परिषद्ले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031