शनिबार, बैशाख २२, २०८१

सिट बाँडफाँट सत्ता गठबन्धन कार्यदलको बैठक निष्कर्ष विहिन

काठमाडौं भाद्र ७,
आसन्न संघ र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटको रुपरेखा तय गर्न गठित सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको आज बासेको बैठकले सिट बाँडफाँटको मोडालिटीबारे छलफलमा केन्द्रीत भएको छ।

यसअघि आज बस्ने बैठकले सिट बाँडफाँटको अन्तिम प्रारुप तयार गर्ने बताइए पनि कार्यदलका संयोजक एवम् काँग्रेस नेता कृष्णप्रसाद सिटौला अस्वस्थ भएका कारण बैठकमा उपस्थि हुन नसकेपछि बैठक बिना निष्कर्ष टुङ्गिएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आजको बैठकमा गठबन्धनका शीर्ष नेताहरूसहित कार्यदलका सदस्यहरूको सहभागिता रहेपनि संयोजक कृष्णप्रसाद सिटौला अनुपस्थित भएसंगै बैठकमा सिट बाँडफाँटका आधारहरूमाथि छलफल मात्र भएको र कुनै निष्कर्ष पहिचान हुन नसकेको हो । यद्यपी बुधवार पुनः बस्ने बैठकबाट महत्वपूर्ण निर्णय आउँने सरकारका प्रवक्ता एवम् कार्यदल सदस्य काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बैठक पनि जानकारीदिनभएको हो ।