मङ्लबार, बैशाख ११, २०८१

आज बौद्ध धर्मावलम्बीले महत्वपूर्ण पञ्चदानपर्व मनाइदै

काठमाडौं भाद्र ९
बौद्ध संस्कृतिअनुसार प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन मनाउने पञ्चदान पर्व बुधवार मनाइएको छ । पञ्चदान पर्वका दिन आँगन, वहाः, वहीमा दिपंकर बुद्ध, करुणामय आदिको मूर्ति सजाई चुडाकर्म गरेका शाक्य, बज्राचार्य र बुद्धाचार्यलाई चामल, धान, गहुँ, नुन, सानो केराउ, कालो भटमास, कुचो, तेल, खीर, दूध, दक्षिणा आदि दान दिन परम्परा रहिआएको  छ । साथै यसरी पञ्चदान लिने र दिने दुबै कार्य भविष्यमा निर्वाण प्राप्त हुने विश्वास सहित यो पर्व मनाइने गरेको बताइन्छ ।

यसैक्रममा काठमाडौंको स्वयम्भू महाचैत्यमा बुधवार दान दिने र लिनेको ठूलो भीड लागेको थियो । त्यस्तै राजधानीको ठमेलस्थित विभिन्न वहाः, वहीमा आयोजित पञ्चदान पर्वमा बौद्ध धर्मावलम्बी दीपङ्कर बुद्धलाई पञ्चदान गरिसकेपछि साना बालबालिकादेखि वृद्धवृद्धासमेत पञ्चदान भिक्षाग्रहण गर्न लामबद्ध भएर नगर परिक्रमा गरी भिक्षा ग्रहण गर्ने परम्परा रहिआएको छ ।