आइतवार, बैशाख २३, २०८१

मन्त्रिपरिषद बैठक : पूर्वमुख्यसचिव पौड्यालको नेतृत्वमा ‘उच्चस्तरीय तलव सुविधा आयोग’ गठन

काठमाडौं भाद्र ७,
सरकारले भाद्र ६ गते बसेको मन्त्रिपरिषद बैठक मार्फत भएका विभिन्न् १६ बुँदे निर्णय सार्वजनिक गरेको छ।

मन्त्रिपरिषद बैठकको निर्णय सावैजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्र सेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलव, भत्ता, पारिश्रमिक एवम् सुविधा पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी नेपाल सरकारलाई सिफारिस गर्ने कार्यादेशसहित पूर्वमुख्यसचिव लीलामणि पौड्यालको नेतृत्वमा ‘उच्चस्तरीय तलव सुविधा आयोग’ गठन गरेको जानकारी दिनभएको छ ।

त्यस्तै बैठकले विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान नपाउने निर्णय संगै सहसचिव नारायणप्रसाद शर्मा दुवाडीलाई सचिवमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको २०४ जनाको अधिकृत स्तरको अस्थायी दरबन्दी पनि स्विकृती र फौजदारी कसुर दोस्रो संशोधन नियमावली २०७८, विद्युती सुशासन आयोग गठन तथा संचालन आदेश, २०७९ समेत स्विकृतसंगै सयुक्तराष्टसंघको अनुरोधमा द्वन्द्वरत मुलुक मालीमा १४० जना सशस्त्र प्रहरी बल परिचालनका लागि पठाउने गृह मन्त्रालयको प्रस्ताव समेत स्विकृत भएको जानकारीदिनुभयो ।